काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ३०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ११६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि घटेर तोलामा ११५० रुपैयाँ कायम भएको हो ।