मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरी देख्न पाउदा मन खुसी हुनेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सुझबझ तथा लगनशिलताले समय फलदायी बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरी नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनहरु केही समयको लागी थाती राख्नुनै उचित हुनेछ । तरपनि काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययन अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने निश्चित जस्तै छ । प्रेम प्रसङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहनु पर्नेछ भने कार्यक्षेत्रमा तपाईको निर्णयको आलोचना हुन सक्छ ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ। व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बाेलीकाे भरमा काम सम्पादन हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययन अध्यापनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईँको बिपक्षमा आउने हुनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुनु होला । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने ऋण रोग तथा सत्रुको सामना गर्नुपर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगती हुनाले आफन्त तथा गुरुवर्गहरु खुशी हुनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पती लाभ हुने योग रहेकोछ । सन्तान तथा आफन्तहरुले तपाईँले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागी आजको समय उत्तम रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुन सक्छन् ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्नी बीच अबिस्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला ।