काठमाडौं । देशभर चिसो बढेसँगै तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्न थालेको छ । मौमस पूर्वानुमान महाशाखाका अनुसार खासगरी अहिले दिनको मध्याह्नसम्म हुस्सु/कुहिरो लाग्न थालेको हो ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन भने बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक बदली आंशिक बदली हुँदा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो : बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।