काठमाडौं : चर्चित देउडा तथा लोक पप गायक संसार धामीको स्वरमा रहेको नयाँ लोक पप गीत “दाइ कि सालीले” सार्वजनिक भएको छ । स्वर ,शब्द र सङ्गीत आफ्नै भएको उक्त गीतको म्युजिक भिडियो संसार धामीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
दिपक भण्डारीद्वारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा हरि सिंह,चाँदनी गिरि र चन्द्र जप्रेलले अभिनय रहेको छन् । रोहित मल्ल ठकुरीले सम्पादन रहेको म्युजिक भिडियोको छायाङ्कन महेश महराले गरेका छन् । सन्तोष सुमनले एरेन्ज गरेको गीतमा र्यापर राजाको र्याप देख्न सकिन्छ । हेर्नुहोस् भिडियो: