Home समाचार आठ महिनादेखि बन्द चिडियाखाना आजदेखि खुला

आठ महिनादेखि बन्द चिडियाखाना आजदेखि खुला

काठमाडौं : कोरोना महामारी शुरु भएसँगै गत चैत सात गतेदेखि बन्द रहेको सदर चिडियाखाना आजवाट खुला भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै ललितपुरको जावलाखेलस्थित चिडियाखाना खुला गरिएको हो ।

अवलोकन गर्न जानेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ । थप सुरक्षाका लागि चिडियाखानाकै ढोकामा ज्वरो नाप्ने थर्मल गन र सेनिटाइजर मेसिनको व्यवस्था गरिएको छ ।

भीड नहोस् भनेर चिडियाखानाको वेबसाइट वा इसेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ । एकपटकमा ७ सयदेखि ८ सय जनासम्म दर्शक भित्र प्रवेश गर्न पाउने चिडियाखानाले जनाएको छ ।

भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने नियम बनाइएको छ । चिडियाखाना लामो समयदेखि बन्द हुँदा आर्थिक अभाव झेल्दै आएको छ ।

जाउलाखेलको चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ८० वन्यजन्तु रहेका छन् । सामान्य अवस्थामा हरेक दिन दुई हजारदेखि तीन हजार दर्शकले चिडियाखाना अवलोकन गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
आठ महिनादेखि बन्द चिडियाखाना आजदेखि खुला